काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्। आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनको क्रममा शाहले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी हुन्।
बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी शाहले कोष स्थापना गर्न लागिएको बताइएको छ। शाह हिमानी ट्रष्टकी अध्यक्ष समेत हुन्।
पूर्वयुवराज्ञी शाहले पत्रकार सम्मेलनको क्रममा पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गरिएको जानकारी गराएकी छन्।
यस्तै पत्रकार सम्मेलनमा शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पनि सार्वजनिक गरेकी छन्।
पुस्तक प्रारम्भमा २ हजार प्रति छापिएको र सोमध्ये ट्रष्टले ५ सयप्रति बिक्री गर्ने शाहले जनाएकी छन्। पुस्तक बिक्रिबाट प्राप्त रकम सामाजिक कार्यमा खर्चिने शाहको योजना रहेको छ।