विवाहको पहिलो रात झुक्किएर पनि नगर्नुस् यी ५ गल्ति !

हरेक युवा युवतीका लागि विवाहको पहिलो रात निकै खास र महत्वपूर्ण रहने गर्छ। विवाहको पहिलो दिनको जो कोहिले कल्पना गर्ने भएपनि अवसर बल्ल प्राप्त हुने भएकाले पनि यस दिन सबै नवविवाहित जोडीको लागि खास बन्ने गर्छ। उनीहरु बीच यस दिन धेरै विषयमा कुराकानी हुने गर्छ। तर यस्ता केहि कुराहरु छन् जुन सुहागरातको दिन गर्दा सम्बन्धमा असर पार्न सक्ने हुँदा यी कुराहरुमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ।

१.विगतका कुरा गर्नु : विवाहको पहिले तर जुन सुकै व्यक्तिपनि उत्सुक हुने गर्छन। उनीहरु यस दिन आफ्नो जीवनसाथीसँग भविष्यको कल्पना गर्ने र धेरै कुराहरु एकअर्का बीच साटासाट गर्छ। यस समयमा झुक्केर पनि विगतका कुराहरु सोध्नु वा सम्झिनु गलत हुन्छ। किनकि यसले दुवैको मुड खराब गर्न सक्छ।

२. आफनो मनलाग्दी कार्य गर्नु : यदि तपाई निकट भविष्यमा कुनै कार्य सुरुवात गर्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु आफ्नो पार्टनर लाई अवगत गराउनु आवश्यक हुन्छ। यी कुराहरुमा उनीहरुको राय सुझाव नलिंदा जीवनमा ठूलो गल्तिको महशुस गर्नुपर्ने दिन आउन सक्छ।

३. एक अर्काको कमि कमजोरी खोज्नु : संसारका कुनैपनि व्यक्ति हरेक कुरामा पुक्त हुन्सक्छन भन्ने हुँदैन। त्यसैले विवाहको पहिले रात आफू माथि पर्ने र आफ्ना पार्टनरको कमजोरी देखाउने कुनै कुरा नगर्नुनै वेश हुन्छ। यसबाट उनीहरुमा नकारात्मक प्रभाव पर्न सक्छ।

४. परिवारको कमजोरीको विषय : विवाहको सम्बन्धले दुवै घरका सदस्यलाई एक बनाउने भएकाले एक अर्को परिवारको गल्ति देख्नु ठिक हुँदैन। यी कुराहरुले जीवनमा ठुलो असर पर्ने र दुवै जना बीच विश्वास कम हुँदै जान्छ।

५. रोमान्समा हतार गर्नु : हरेक नवविवाहित जोडीका लागि विवाहको पहिलो रात रोमान्सको मानसिकता रहने गर्छ। तर यस दिन रोमान्सको लागि हतार गरिएमा तपाईको पार्टनर खुशी नहुन पनि सक्छन। त्यसैले समय अनुकूल पारेर मात्र यी कुराहरु अगाडी बढाऊँदा राम्रो हुन्छ।

प्रकाशित : आइतबार, साउन १९, २०७६१२:२७

यस गल्ति र बाध्यताको कारण विवाहपछि महिलाहरु मोटाउँछन् ! [समाधानका उपाय सहित]