राति काठमाडौँ सहित यी स्थानहरुमा ठूलो पानि पर्न सक्ने, मंगलबार सम्मको मौसम पूर्वानुमान यस्तो

काठमाडौँ – मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको हुँदा राति मध्य र पश्चिम पहाडी भूभागका स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ।

देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना भएता पनि काठमाडौँ सहित मध्य र पश्चिम पहाडी भूभागमा ठूलो पानि पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भूभागका केहि स्थानहरुमा वर्षा भईरहेको छ। देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पश्चिमी पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले आइतबार साँझ सार्वजनिक गरेको मंगलबार सम्मको मौसम पूर्वानुमान र मौसम विश्लेषण निम्न छ।

(जारी मितिः २०७६-०४-१९, साँझ ६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ | साथै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण १९ गते (आईतबार)

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।साथै मध्य र पश्चिम पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ ।

श्रावण २० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने संभावना छ ।

राती: देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पश्चिमी पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ |

प्रकाशित : आइतबार, साउन १९, २०७६१३:२०

२४ घण्टा नबित्दै अमेरिकामा अर्को आक्रमण : दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु (अपडेट)