आमासँग सामान्य झगडा भएपछि छोरीले उठाइन् भयानक कदम, भाइरल भयो भिडियो ![भिडियो सहित]

एजेन्सी – आफ्नो आमासँग सानो-सानो कुरामा छोरीहरु रिसाउनु र बाझ्नु सामान्य हो। आमा-छोरी बाझेको हामी आफ्नै घरमा पनि देख्न सक्छौं।

तर भारतमा भने एक छोरीले आमासँग झगडाकै कारण जे कदम उठाइन् त्यसले जो-कोहिलाई अचम्मित बनाइदिन सक्छ। भारत उत्तर प्रदेशको ग्रेटर नोएडामा एक किशोरीले आमासँग सानो-तिनो झगडाकै कारण आफ्नै ज्यान लिने प्रयास गरेकी हुन्।

उपचारको लागि अस्पताल पुगेकी एक किशोरीले आमासँग सामान्य विवाद भएकै कारण अस्पतालको छतमा पुगेको र त्यहाँबाट हाम फाल्ने प्रयास गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

अस्पतालको छतबाट हाम फाल्नै लाग्दा एक व्यक्तिले उनलाई बचाएको बताइएको छ। हाम फाल्ने तयारी गर्दै-गर्दा एक व्यक्ति छतमा पुगेर हात समाएर माथि तानी एक पुरुषले किशोरीको ज्यान बचाएका हुन्।

घटनाको भिडियो समेत सामाजिक संजालमा देखा परेको छ। युवती छत पुगेको देख्ने बितिकै आसपास रहेका व्यक्तिहरुले भिडियो बनाइ सामाजिक संजालमा अपलोड गरेका हुन्। सार्वजनिक भएको भिडियोमा हाम फाल्नै लाग्दा एक व्यक्तिले किशोरीलाई झ्याप्प समाएर बचाइएको देख्न सकिन्छ।

किशोरी थिइन् मानसिक बिरामी !

भारतीय संचार माध्यमहरुका अनुसार किशोरी मानसिक बिरामी थिइन्। ग्रेटर नोएडा अस्पतालका व्यवस्थापकले ती किशोरी मानसिक बिरामी रहेको र आमासँग सामान्य विवाद भएकै कारण हाम फाल्न छत पुगेको पुष्टि गरेका छन्।

किशोरीको अहिले उपचार भैरहेको र घटना बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित : सोमबार, साउन २०, २०७६०८:१६

आमा-बुवाको लापरवाहीले हेर्दा-हेर्दै बालकलाई सडकको खाल्डोले निल्यो ! [भिडियो सहित]