मेस्सी नहुँदा सुआरेजले यसरी गरे बार्सिलोनाको उद्दार [भिडियो सहित]

एजेन्सी – बार्सिलोनाले आइतबार राती आर्सनललाई पराजित गर्दै जोआन गाम्पर ट्रफीमाथि कब्जा जमायो । बार्सिलोनाको २-१ को जितमा लुइस सुआरेजले इन्ज्युरी समयमा विजयी गोल गरेका थिए ।

आर्सनलविरुद्ध सुआरेज ६५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनी मैदान प्रवेश गर्दा आर्सनल १-० को अग्रतामा थियो । उनले पहिलो गोलको लागि संघर्ष गरेपछि फुस्केको बल आर्सनलका एन्सले मेटल्यान्ड नाइल्सलाई लाग्दै गोलमा परिणत भएको थियो । उनले अन्तिम समयमा उत्कृष्ट भली गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

उरुग्वेका फरवार्ड सुआरेजले यसअघि पनि पटक पटक अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई जितसम्म डोर्याएका छन् । कोपा अमेरिकामा सहभागिता जनाएको कारण केहि ढिला प्रशिक्षणमा सामेल भएका सुआरेजले यस गोलसँगै आफू नयाँ सिजनको लागि तयार रहेको संकेत दिएका छन् । सुआरेज विगतजस्तै यस सिजन पनि मेस्सीसँग आक्रमणमा हुनेछन् । उनलाई नयाँ फरवार्ड एन्टोइन ग्रिजमनको साथ पनि हुनेछ ।

आर्सनलविरुद्ध सुआरेजको गोल हेर्नुहोस:

प्रकाशित : सोमबार, साउन २०, २०७६१०:१९

मनकारी वडाध्यक्ष : पाँच वर्षेकार्यकालमा आफूले पाउने सम्पूर्ण तलब दलित परिवारलाई बाँड्दै !