यस गल्ति र बाध्यताको कारण विवाहपछि महिलाहरु मोटाउँछन् ! [समाधानका उपाय सहित]

एक अध्ययनले विवाह गरेपछि धेरै महिलाहरु मोटाउने कुरा देखाएको छ यो सबैजसो मानिसले देखेको र भोगेको कुरा पनि हो । अविवाहित महिलालाई विवाह गरेपछि मोटाउँछन् भन्ने धरैको धारणा पनि रहेको छ ।

फिट रहेका महिलाहरुको इनर्जी लेवल एकदमै उच्च रहेको हुन्छ । जसले गर्दा यस्ता महिललाहरु आर्कषक र उनीहरुको शरीरमा सकारात्मक प्रभाव मात्र देखापरेको हुन्छ, तर विवाहित महिलाहरु नकारात्मक प्रभाव परेको हामीले देखेका छौं ।
किन विवाहपछि महिलाहरु मोटाउछन् त यस्ता छन् कारण ।

१.शरीरलाई फिट राख्नको लागी सन्तुलित आहार नखानु र व्ययाम गर्ने समय नहुनु ।

२. कामको चापको कारणले गर्दा अनिद्रा, तनाव, थकानको असर शरिरमा पर्नु ।

३.कतिपय महिलाहरुले विवाह भइसक्यो कसको लागी फिट र राम्रो हुने जस्ता कुरा गरी यसप्रति ध्यान नदिनेहुदाँ मोटोपनाको समस्या देखापर्ने ।

४.विवाहित महिलाले आफ्नो जिम्मेवारी घरपरिवार तर्फ ध्यान केन्द्रित गर्ने गर्दछन् यसो हुदाँ उनीहरुले आफुलाई फिट बनाउँने, व्यायम गर्नको लागी समय निकाल्न सकेका छनैन् । यहि कारण मोटोपनाको समस्या देखापर्दछ ।

५. समय बित्तै जानेक्रममा उनीहरुमा जिम्मेवारी पनि बढ्दै गएको हुन्छ । घरपरिवारको जिम्मेवारी बच्चाहरुको पढाई लेखाई , लालनपालन जस्ता कुरामा बित्ने गर्छ, यहि कारणले गर्दा शरीरमा उर्जा शक्तिको अभाव भई अनुहारमा चमकपना पनि हुदैन् र थकान अनि मोटोपनाको समस्या सिर्जना हुन्छ ।

६.विवाहपछि महिललाहरु विवाह र प्रेमको तनावबाट भएपनि उनीहरुको जीवन बदलिएको हुन्छ । फिटेनेसमा ध्यान दिदैनन् ।

श्रीमान् श्रीमती बिचको सम्बन्धमा फिटनेसले धेरैनै प्रभाव पार्ने गर्दछ, सम्बन्ध समुधुरको साथमा प्रगाढ बनाउँनको लागी फिटनेश, वर्कआउट र डाइट जस्ता कुरा निकै महत्वपूर्ण कुरा हो । त्यसैले टाइटेबल अनुसार चल्न सक्नुपर्दछ । धेरैको बानी टाइमटेबल नबनाउने बनाएपनि त्यस अनुसार नचल्ने हुन्छ । तर यसो गर्नाले मोटोपनाको समस्याले अझ सताउने कारणले गर्दा टाइमटेवल अनुसार चल्ले कुरामा विशेष ध्यान दिनुपर्दछ ।

श्रीमान् श्रीमती बिचमा यो साता मैले के काम गरे अब कसरी आफुलाई फिट बनाउने र आफ्नो दैनिकीलाई कसरी सहज बनाउने जस्ता कुरामा छलफल हुनुपर्दछ । मोटोपना नियन्त्रण गर्नको लागी यस्ता उपाय अपनाउन सकिन्छ ।

१. सबैभन्दा पहिले त तौल नियन्त्रण गर्नको लागी उच्यालेन्ज एक महत्वपूर्ण कुरा हो । एक अर्कासगँ च्यालेन्ज गरेमा तौल नियन्त्रण गर्न सकिन्छ ।

२. मिलीजुली काम गर्ने गर्नुपर्छ,यसो गर्दा समयको बचत हुन्छ जसको कारणले गर्दा व्यायम गर्नको लागी समय निर्धारण गर्नमा सहयोग हुन्छ र मोटोपना नियन्त्रण गर्न सकिन्छ ।

३. पार्टरनलाई तौल घटाउनको लागी प्रोत्साहन गर्नका लागी रचनात्मक उपाय लगाउने ।

यस्ता उपाय अपनाएमा मोटोपनाको समस्या नियन्त्रण गर्नको लागी राहत मिल्दछ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६११:५५

कुन उमेरमा जन्माएको बच्चा हुन्छन् सबै भन्दा स्वस्थ ? जानी राख्नुहोस् बच्चा जन्माउने उपयुक्त उमेर