कुन उमेरमा जन्माएको बच्चा हुन्छन् सबै भन्दा स्वस्थ ? जानी राख्नुहोस् बच्चा जन्माउने उपयुक्त उमेर

एजेन्सी, स्वास्थ्यको आधारमा विवाह पछि बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष रहेको छ । एक महिलाको जति उमेर बढ्दै गयो जोखिम पनि उत्तिकै थपिदै जान्छ । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने ३५ वर्ष सम्मका महिलाले बच्चा जन्माउन सक्छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गरेर बच्चा जन्माउनु पनि आमा र बच्चा दुवैको लागि खतरनाकर हुन्छ ।

यदि महिलाको उमेर १९ वर्ष भन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउनको लागि केही समय कुर्दा नै राम्रो हुन्छ । उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्तो जन्मजात बिकार आउने सम्भावना धेरै रहेको हुन्छ । बच्चा कुन उमेरमा जन्माउँदा उचित हुन्छ भन्ने विषयमा सोच्दै हुनुहुन्छ भने २० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यको लागि ६० गुणा बढी फाइदा रहेको छ ।

१९ वर्ष भन्दा कम उमेरमा बच्चा जन्माउँदा पनि गर्भवती महिलामा मृत्यु हुने जोखिम बढी हुन्छ । ढिलो विवाह गर्ने पुरुषहरुमा प्रजननशक्तिमा कमजोरी आउँछ । यस्ता पुरुषको शुक्राणुमा गति हुँदैन् । उमेर बढ्दै जाँदा पुरुषको शुक्राणु बन्ने संख्यामा समेत कमी हुन्छ । यस्ता पुरुषबाट कमजोरी बच्चा बस्ने सम्भावना बढी हुन्छ । त्यस्तै बढ्दै गएको उमेरको कारण महिलाको अण्डाको गुणस्तरमा पनि ह्रास आउँछ ।

बढ्दो उमेर अतिरिक्त आधुनिक जीवनशैली, तनाव प्रदुषण जस्ता कारण तत्वको कारण प्रजननमा समेत असर पर्छ । उमेर बढेसँगै उच्च रक्तचाप, मधुमेह थाइराइड जस्ता समस्याहरु प्रजनन शक्तिको लागि बाधक बन्छन् । यस्तै धेरै उमेर भएका महिलको लागि गर्भसयमा ट्युमरको समस्या आउन सक्छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६११:५९

यसरी घरेलु उपचारबाटै बढाउन सकिन्छ उचाई !