भ्रमण वर्ष २०२० सफल बनाउन नेपाली सेनाले लिगलिगे दौड आयोजना गर्दै !

काठमाडौँ – सरकारको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्तिस्थापना कार्यसम्वन्धी गोष्ठिसम्म आयोजना गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिनुभयो । सरकारले भ्रमण बर्षमा २० लाख पर्यटक नेपाल भित्रयाउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचार प्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भन्नुभयो, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही कन्ट्रिव्यूट गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथ आरोहण, जंगल सफारी र लामो पदयात्र, उच्च तथा समथर भू–भागमा सहासिक खेल ट्राईथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ ।”

संयुक्त राष्ट्रसघीय शान्ति स्थापना कार्य सम्वन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई अकर्षण गरिने जनाउदँै प्रधानसेनापति थापाले नेपाल भ्रमण बर्षलाई सफल तुल्याउन सेनाले सम्वन्धीत मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१२:४२

धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा ! यस्तो छ डाक्टरको सुझाव