कुन रत्न लगाउँदा कसको भाग्य चम्किन्छ ? जन्मेको बार र राशिअनुसार जान्नुहोस् आफ्नो रत्न !

काठमाडौ । ज्योतिष विज्ञानका अनुसार आफु जन्मेको बार र राशिअनुसार लुनार क्यालेन्डरको आधारमा मानिसहरुको रत्न पत्ता लगाइन्छ । उक्त रत्नले हाम्रो कस्तो ग्रह रहेको छ , त्यसलाई सन्तुलन राख्न मदत गर्छ । जसले कुण्डलीको आधारमा सकरात्मक र नकरात्मक प्रभाव पार्दछ । तपाईको रत्नमा कस्तो असर पर्यो ?हेर्नुस्

मणिक रत्न
आइतबार जन्मेका व्यक्तिहरुको लागी मणिक रत्न शुभ मानिन्छ । यो रत्न मेष राशि र सिंह राशिहरुको लागी मूल्यवान पत्थर हो ।त्यसैले यी दुई राशीको लागी सन्तान प्राप्ति तथा बौद्धिक शक्तिलाई बढाउने गर्दछ ।साथै सिंह राशीले समेत लाभ मिल्नेछ ।

मोती रत्न
सोमबार जन्मेका व्यक्तिहरुको लागी मोती रत्न शुभ मानिन्छ । यो रत्न कर्कट र वृश्चिक राशिहरुको लागी मूल्वान पत्थर हो । ज्योतिषी शास्त्रीका अनुसार मोति रत्नले जुन महिनामा जन्मेका व्यक्तिहरुलाई पनि शुभ हुने भएकाले धन लाभ हुनेछ ।

मुगा रत्न
मंगलबार जन्मेका व्यक्तिहरुको लागी मुगा रत्न शुभ मानिन्छ । मुगा रत्न वृश्चिक र मेष राशिहरुको लागी फलदायी मानिन्छ ।

पन्ना रत्न
पन्ना रत्न बुधबार जन्म भएको व्यक्तिहरुको लागी फलदायी मानिन्छ । यो रत्न धनु, सिंह र मेष राशी भएकाहरुको लागी फलदायी हुने भएकाले परिवार सुख ,शान्ति र धन प्राप्ति हुनेछ ।

पुष्पराज रत्न
यो रत्न बिहीबार जन्म भएकाहरूका लागि शुभ मानिन्छ । पुष्पराज रत्न मिथुन र कन्या राशी भएकाहरुको लागी निकै फलदायी मानिन्छ । साथै धनु र मिन राशीको लागी पनि राम्रै मानिन्छ । र महिनामा नोभेम्बरको लागी राम्रो मानिन्छ ।

हीरा रत्न
हीरा रत्न शुक्रबार जन्म भएका व्यक्तिहरुको लागि फलदायी मानिन्छ । यो रत्न वृष र तुला राशी भएकाहरुको लागी प्रमुख मानिएको छ । साथै मकर राशीको लागी पनि राम्रै मानिन्छ ।

नीलम रत्न
यो रत्न शनिबार जन्म भएका व्यक्तिहरुको लागी शुभ मानिन्छ । नीलम रत्नमा मकर र कुम्भ राशी भएकाहरुको लागी शुभ भएकाले लामो आयु हुने विश्वास रहेको छ ।

गोमेद रत्न
गोमेद रत्नमा राहुको पत्थर भएकाले प्र्रयोगकर्ताअनुसार तत्काल राम्रो र नराम्रो असर देखउछ । बिशेष गरेर सर्पयोग, नागदोष, राहुको महादशा, राशि आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्ने हुन्छ ।

वैदूर्यमणि रत्न
वैदूर्यमणि रत्न माथिको पत्थरको तुलनामा फरक हुन्छ । त्यसैले यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनुपर्छ ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१३:३९

राशिअनुसार लगाउनुहोस् यस्तो रुद्राक्ष, चम्किनेछ भाग्य !