३ बलिउड जोडी जो श्रीमान-श्रीमती भन्दा ज्यादा आमा-छोरा जस्तो देखिन्छन!

बलिउडमा यस्ता धेरै जोडी छन् जसको उमेरमा धेरै अन्तर रहेको छ। प्रेमको कुनै सिमाना नहुने भनिने गरिन्छ भने त्यस्तै उमेरको हद पनि नरहने गर्छ। बलिउडमा यस्ता जोडी समेत छन् जो जोडी भन्दा पनि आमा-छोरा जस्ता देखिन्छन्। आज हामी तपाईलाई ३जोडीको बारेमा बताउने छौं जाको धेरै उमेत अन्तर रहेको छ। मायाको मामलामा चोखो मायाको पर्याय बनेका केहि ४ जोडी निम्न छन्।

सैफ अलि खान-अमृता सिंह

बलिउडमा धेरै सुपरहिट चलचित्र दिसकेका नायक हुन् सैफ अलि खान। उनलाई बलिउडमा क्षमतावान कलाकारको रुपमा लिइन्छ। १९९२बाट आफ्नो बलिउडमा पाइला राखेका सैफ अलि खानको अमृता सिंहसँग सम्बन्ध २००४सम्म टिकेको थियो। त्यस पछि छुटिएका उनीहरुबाट दुई सन्तान भएका थिए। उनीहरुको उमेरको अन्तर १२ वर्ष रहेको छ।

फरहान अख्तर-अदहुना अख्तर

भारतीय चलचित्र क्षेत्रमा एकदमै कुशल र प्रतिभाशाली अभिनेताको रुमा चिनिने फरहान धेरै कलामा कौसलता राख्छन्। कलाकार, गीतकार साथै पटकथा लेखकको रुपमा काम गर्न सक्ने फरहानको अदहुना अख्तरसँग २०००मा विवाह भएको थियो भने उनीहरु २०१६मा छुटिएका थिए। उनीहरुको उमेरको अन्तर ८ वर्ष रहेको छ।

रिना दत्त- आमिर खान

बलिउडका मिस्टर पर्फेक्ट भनेर चिनिने आमिर खान बलिउडका सबैभन्दा प्रख्यात कलाकार मध्य एक हुन्। रिना र अमिरको विवाह १९८६मा भएको हो भने उनीहरुको सम्बन्ध २००२मा टुटेको थियो। उनीहरुको उमेरको अन्तर ८ वर्ष रहेको थियो। उनीहरुको उमेर अन्तरका कारण जोडी भन्दा ज्यादा आमा-छोरा देखिने गर्थे।

प्रकाशित : सोमबार, साउन २०, २०७६१४:०४

यी हुन् पैसै-पैसा भएका बलिउड नायिकाहरु ! हेर्नुहोस् सर्वाधिक धनि ८ नायिका !