यी ५ बलिउड नायिकाले खाइसके जेलको हावा ! यी मध्ये एक रहेकी थिइन् देह व्यापारमा संलग्न

एजेन्सी- अपराध गर्ने हरेकले सजाय पाउनै पर्ने हुन्छ। कानुनले निर्धारण गरेको सजाय साधारण मानिसहरुलाई मात्र नभई कलाकार र चर्चित मानिसहरुको लागि पनि लागू हुने गर्छ। बलिउडका नायकहरु मात्र हैन नायिकाहरुले पनि जेलको हावा खाइसकेको उदाहरण रहेको छ। निम्न उल्लेखित नायिकाहरु जेल गैसकेका छन्।

मोनिका बेदी

बलिउडको प्रसिद्ध अभिनेत्री मोनिका बेदी आफ्नो प्रेमी अन्डरवर्ल्ड डन अबू सलेमसँगै जेल परेकी थिइन् यी दुईले लामो जेल जीवन बिताएका थिए। लामो जेल सनाज्य भोगेकी उनले धेरै चलचित्रहरुमा काम गरिसकेकी छिन्। उनी अहिले आफ्नो जेल सजाय भुक्तान गरेर रीहा भैसकेकी छिन्।

सना खान

अभिनेत्री सना खान जो बिग बोसबाट चर्चित बनेकी थिइन्, उनी पनि जेल गैसकेकी छिन्। आफ्नो प्रेमीसँग मिलेर एक मीडिया रिपोर्टरलाई धम्कि दिएको कारण प्रेमीसँगै जेल गएकी थिइन्। तर उनी केहि घण्टामानै जेल बाट छुतेकी थिइन्।

सोनाली बेन्द्रे

अहिले क्यान्सरसँग युद्ध लडिरहेकी सोनालीलाई बलिउडको चर्चित नायिकाको रुपमा पनि चिन्ने गरिन्छ। सोनाली पनि एक पटक जेल पुगिसकेकी छिन्। एक म्यागजिनमा कामुक पोज दिएको भन्दै एक धार्मिक संस्थाले उनी विरुद्ध उजुरी दिएपछि जेल परेकी थिइन्। तर केहि घण्टामानै उनी छुटेकी थिइन्।

ममता कुलकर्णी

९० को दशकमा बलिउडमा आफ्नो ठाउँ बनाउन सफल भएकी ममता कुलकर्णी पनि एक पटक जेल परिसकेकी छिन्। आफ्नो पतिसँग मिलेर लागूपदार्थको तस्करी गरेको आरोपमा जेल परेकी थिइन्।

श्वेता बाशु प्रसाद

एकता कपूरको प्रसिद्ध टीभी धारावाहिक कहानी घर घरमा बाल कलाकारको रुपमा काम गरिसकेकी यी नायिका पनि जेल परिसकेकी छिन्। उनलाई एक होटलबाट गिरफ्तार गरिएको थियो। उनलाई देह व्यापार गरेको आरोपमा पक्राउ गरिएको थियो।

प्रकाशित : सोमबार, साउन २०, २०७६१४:०९

‘फुट्यो ताल, टुट्यो सपना’