आज साउन २१ गते मंगलवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !

आज मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २१ गते मंगलवार इश्वी संवत २०१९ अगस्ट ०६  तारिख, काठमाडौंमा सूर्योदय– ५:२९  बजे, सूर्यास्त– १८:४९   बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको आजको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

व्यवसायिक दृष्टिले समय लाभदायक रहेको छ।  उपलब्धि हासिल गर्नका लागि कडा मेहनत गर्नु पर्नेछ। कार्यमा कम सफलता मिलनले मानसिक खिन्नता जाग्ने छ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठा मिल्नेछ।  पारिवारिक वातावरण सुखमय बित्नेछ।  सहयोगीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

प्रयत्न गर्दा मौका फाइदा उठाउन सकिने छ। सवारी साधन चलाउदा सावधानी अपनाउनु पर्नेछ। बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ।  पेटसम्बन्धी समस्याको शिकार भइने छ।  शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ।  मनमा उत्साह बढेर जानेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

व्यापार व्यवसायको क्षेत्रबाट  बिशेष फाइदा उठाउन सकिने छ। रुचिका बिषयमा लगानी बढाउने समय रहेको छ। परिवारमा अनावश्यक झैँ झमेला देखिने छ।  अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ। बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

अचानक मित्रभेटले मनमा उत्साह बढ्ने छ। परिवारले हरेक कार्यमा साथ दिने छन। शत्रु परास्त भएर जानेछन। स्वास्थ्यमा विचार पुर्याउनु पर्नेछ। आर्थिक मन्दीको सामना गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय रहेको छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

सानातिना काममा अल्झिने समय रहेको छ।  बौद्धिक क्षमतामा वृद्धि हुनेछ। पारिवारिक वातावरण सुखमय रहने छ। आर्थिक लाभको सम्भावना रहेको छ।  आध्यात्मिक सिद्धि प्राप्त हुने समय रहेको छ। अस्वस्थताको बाबजुत कामको दायित्व बढ्ने छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

आय आर्जनका प्रसस्त स्रोतहरु खुलेर जानेछन । बाणीमा संयमित रहनु पर्नेछ। आर्थिक लाभ भएर जानेछ। पारिवारिक वातावरण सुखमय बित्नेछ।  कार्यमा सफलता मिल्नेछ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। विदेश यात्रा सुखद रहनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

व्यापार व्यवसायबाट मनग्गे फाइदा उठाउन सकिने छ। अपेक्षित कार्यहरु सजिलैसंग सम्पादन भएर जानेछ। खर्चको मात्रा बढेर जानेछ।  स्वास्थ्यमा समस्या देखिने भएकाले सावधानी अपनाउनु पर्नेछ।  धार्मिक कार्यमा मन जानेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

आय आर्जनमा वृद्धि भएर जानेछ।  रमणीय यात्राको अवसर जुट्ने छ।  मध्यान्ह पछिको समयमा भने मानसिक तनाव बढ्ने छ। अनावश्यक क्षेत्रमा खर्च भएर जानेछ। साथीभाईका साथमा असमझदारी बढ्नाले अनावश्यक झगडा हुन सक्नेछ। स्वास्थ्यमा समस्या देखिने छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

सहयोगको आशा देखाउनेहरुले अन्त्यमा धोका दिनेछन।  व्यवसायिक क्षेत्रमा खर्च भएर जानेछ।  ठुलाबडाको साथ सहयोग र आशिर्वाद पाइने छ।  नया कार्यको थालनी गर्न हौशला बढ्ने छ।  पदोन्नतिको योग रहेको छ। अपेक्षा  गरे अनुरुप कार्यमा सफलता मिल्नेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

सुखद बैदेशिक यात्राको सम्भावना रहेको छ।  धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  पारिवारिक वातावरण उल्लासमय रहनेछ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  मान सम्मानमा वृद्धि हुनेछ।  काममा हौसला बढ्ने छ।  उच्च अधिकारीको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुको संगत हुनेछ। साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ।  खानपानमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।  धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्ने छ। दाजु भाईको प्रसस्त साथ् र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। आर्थिक लाभको सम्भावना रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) प्रसस्त साथ् र सहयोग मिल्नेछ।  

रमाइलो यात्रा गर्ने सम्भावना रहेको छ।  कामको चापबाट मुक्ति पाइने छ।  सुख दुखमा साथ् दिनेहरु प्रसस्तै भेटिने छन। स्वास्थ्यमा सुधार भएर जानेछ।  धर्मकर्ममा मन जानेछ।  परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक लाभ भएर जानेछ।

प्रकाशित : सोमबार, साउन २०, २०७६१४:२१

आज साउन २२ गते बुधवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !