एनसेलले आफ्नो अपराध नसच्याए थप कारबाही हुन्छ : प्रकाण्ड

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले दूरसञ्चार प्रदायक संस्था एनसेललाई थप कारबाही गर्ने चेतावनी दिएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गरि एनसेलले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू गर्ने र  देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुने बताएका हुन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्;‘हाम्रो पार्टी मालेमावादी विचारद्वारा निर्देशित पार्टी हो । विश्व सर्वहारा वर्गको एउटा टुकडी र नेपाली श्रमिक तथा देशभक्त समुदायको प्रतनिधि पार्टी हुनुको नाताले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छ । विगत ५ वर्षदेखि पार्टीले एकीकृत जनक्रान्तिमार्फत नेपाली क्रान्तिको नेतृत्व गरिरहेको छ ।’

‘एनसेल नामक दूरसञ्चार प्रदायक संस्थाले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने र सेवाग्राहीलाई चर्को शोषण गरिरहेको छ । त्यसकाविरुद्ध पार्टीले सङ्घर्ष गर्दै आएको छ । त्यस क्रममा साउन १५ गते पार्टीले देशव्यापी उच्चस्तरको कारबाही गर्यो । एनसेलले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुनेछ र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुनेछ ।’

विज्ञप्तिको पूर्णपाठ :

 

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०५:३०

कर्णालीमा ६०० बढी कर्मचारी अपुग