गंगारामको ससुराली पुग्ने सपना अधुरै , बाटोमै लियो मोटरसाइकलले ज्यान …

सांकेतिक तस्विर

काठमाडौँ : सोमबार राति मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ ।

दाङको सोनपुरुवाबाट प्रनाहामा रहेको ससुराली जाने क्रममा गढवा गाउँपालिका-५ निवासी ६५ वर्षका गंगाराम यादवलाई लु ५ प ९७११ नम्बरको मोटरसाइकलले बाँकी चोकमा धक्का दिएको हो।

उक्त घटनामा टाउको र खुट्टामा गम्भीर चोट लागेका यादवको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनका अनुसार मोटरसाइकल सहित चालक १८ वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाइएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०६:३१

बिहानै नुहाउने क्रममा डुबेर गयो ६४ बर्षीय वृद्धको ज्यान …