नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय बनायो , कांग्रेसको प्रतिष्ठा चिन्ता नलिऔं : सांसद भुसाल

फाइल तस्बिर

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सत्तारूढ दल नेपाल कम्नियुष्ट पार्टीले नियम मिचेर सरकारी जग्गामा कार्यालय स्थापना गरेको भन्दै विरोध जनाएकी छिन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसको प्रमुख सचेतक समेत रहेकी भुसालले नेकपाले नियम मिचेर सरकारी जग्गामा पार्टी कार्यालय बनाएको भन्दै अप्पति जनाएकी हुन् ।

उनले सरकारी जग्गामा पार्टी कार्यालय बनाएको नेकपाले प्रतिपक्षको भन्दा आफ्नो प्रतिष्ठामा चिन्ता लिनुपर्ने धारणा समेत व्यक्त गरेकी थिईन् ।

नेकपाले नियम मिचेर, कानून मिचेर पार्टी कार्यालय संचालन गरेको कुरा उठिरहेको छ,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिष्ठालाई चिन्ता नलिऔं, नेकपाको प्रतिष्ठामाथि बढी चिन्ता गरौँ । नेकपाले नियम मिचेर सार्वजनिक जग्गामाथि भोगाधिकार गरिरहेको छ, त्यसको चिन्ता गरौँ ।’,उनले भनिन् ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६०८:०५

गर्भवती र बिरामी बोकेको एम्बुलेन्स अनियन्त्रित , ११ जना घाइते