ओभरट्याक गर्ने क्रममा बस पल्टियो , १४ जना घाइते !

काठमाडौँ : मंगलबार दिउँसो दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १० अमराईमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस अर्को बसलाई ओभरट्याक गर्ने क्रममा सडकदेखि १० मिटर तल खेतमा पल्टिंदा १४ जना घाइते भएका हुन् ।

बसमा सवार घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार बसका चालक फरार भएकोमा थप अनुसन्धान अघि बढाई खोजि भइरहेको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६११:४९

रहेनन चर्चित गित ‘मुसुमुसु हाँसी देऊ लै लै…’ का गायक भुटिया!