रहेनन चर्चित गित ‘मुसुमुसु हाँसी देऊ लै लै…’ का गायक भुटिया!

साउन २१ । ‘मुसुमुसु हाँसी देऊ लै लै’ गीतका गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् १९५० मा भारतको खस्र्याङमा जन्मिएका संगीतकार तथा गायक भुटियाको सोमबार लण्डनमा निधन भएको हो । १९७३ मा हिमालयन व्याण्डलाई स्थापना गर्ने संस्थापक तथा गायक भुटिया ‘फर्कि हेरे जीवन तमासा’, ‘गाजलुले आँखा छोप्ने’, ‘कहा तिम्रो मायालुलाई छाडिराख्यौ’, ‘चिसो बतासले’, ‘मुसुमुसु हाँसी देऊ लै लै’  लगायतका गीतका कारण चर्चित थिए ।

केही वर्ष अघि भुटियाको  घाटीमा क्यान्सर देखिएको थियो । भारतमा जन्मिएर पनि नेपाली संगीतमा झुकाव राख्ने भुटियाले सन् १९७१ मा ब्रिटिस आर्मीमा प्रवेश गरेका थिए । ब्रिटिस आर्मीमा आवद्द भुटिया केहि वर्षदेखि  बेलायतमा रिर्टायड लाइफ बाचिरहेका थिए ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६१२:०४

आफ्नै छोराको शरीरमा पेट्रोल छर्की दाहिने हात र पेटमा चक्कु प्रहार!