प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा !

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

फेवाताल अतिक्रमण विवादमा अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै सुवेदीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्‌मा अर्याल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि सुधार सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत नाै जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेको बताइएको छ ।

फेवाताल बचाउ भन्ने मुद्दामा सर्वोच्चले गरेको आदेश छ महिनासम्म कसैले कार्यान्वयन नगरेपछि आफूले बाध्य भएर मुद्धा दायर गरेको निवेदक सुवेदीले बताए ।

सर्वोच्चले दिएको ६ महिना समय कुनै पनि निकायले आफ्नो जिम्मेवारी पूरा नगरी कटाएको निवेदनमा उल्लेख गरिएको छ। उक्त अवहेलना मुद्दामाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले यस अघिका मुद्दासम्बन्धी फैसला गरेको फाइल मगाएको बताइएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६१२:२९

युवतीको घाटी रेटेर गरगहना लुट्ने २ जना समातिए !