युवतीको घाटी रेटेर गरगहना लुट्ने २ जना समातिए !

सांकेतिक तस्बिर

काठमाडौँ : युवतीको घाटी रेटेर गरगहना लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङको थलारा गाउँपालिका–५ की विमला खाती माइतीबाट फर्किने क्रममा सोहि गाउँपालिका-३ मा धारिलो हतियार प्रहार गरि गहना लुटेर फरार भएका सोही गाउँपालिका वडा नम्बर ६ का प्रेम कठायत र सौरव चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि धनगढी जाँदै गरेका उनीहरुलाई स्याँडी प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार गहना निकाल्ने क्रममा शरीरका विभिन्न भागमा चोटपटक लागेकी युवतीको उपचारको क्रममा ज्यान गएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन अघि बढाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन २१, २०७६१२:५५

ग्यासको मूल्य घट्यो, पेट्रोलको बढ्यो ! कति भयो डिजेल र पेट्रोलको मूल्य ?