भिडियो र नोट भेटिएपछि पत्रकार शालिकरामको घटनामा नयाँ मोड !

काठमाडौँ – भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको सु सा इ ड नोट फेला परेको छ।

यस्तै पुडासैनीको मोबाइलमा भिडियो समेत फेला परेको र भिडियो फेला परेपछि काठमाडौं लैजाँदै गरिएको शालिकरामको शव भरतपुर अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

पुडासैनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए। दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका हुन्।

पुडासैनीका परिवारजनले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले होटल सञ्चालक यज्ञबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०३:४१

कात्तिक मसान्तसम्म बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने !