इकार्डी ल्याउन युभेन्टसलाई रोनाल्डोले दिए स्वीकृति

एजेन्सी – इटालियन च्याम्पियन्स युभेन्ट्स ट्रान्सफर बजारमा नयाँ फरवार्डको खोजीमा छ । टोलीमा अहिले रहेका तीनै सेन्टर फरवार्ड क्लब छाड्ने तयारीमा रहँदा युभेन्टसले नयाँ खेलाडी भित्र्याउन लागेको हो ।

पाउलो डिबाला, मारियो मान्जुकिच र गोन्जालो हिगुआइन तीनै खेलाडी यस सिजन क्लब छाड्ने तयारीमा छन् । हिगुआइन लामो समयदेखि अन्यत्र क्लबमा लोनमा खेल्दै आएका छन् । नवनियुक्त प्रशिक्षक माउरिजियो सार्रीले आफ्नो मुख्य फरवार्डको रुपमा क्रिस्टियानो रोनाल्डो र उनलाई साथ दिन अर्का फरवार्ड खोजिरहेका छन् ।

यसक्रममा इन्टर मिलानका माउरो इकार्डीलाई ल्याउने युभेन्टसको तयारीलाई रोनाल्डोले पनि स्वीकृति दिएका छन् । इकार्डी अघिल्लो सिजनसम्म इन्टर मिलानको कप्तान थिए । तर एन्टोनियो कोन्टे क्लबका नयाँ प्रशिक्षकका रुपमा आएपछि उनले इन्टरमा खेल्न पाएका छैनन् । कोन्टेले इकार्डी आफ्नो योजनामा नरहेको र उनले क्लब छाड्ने पक्काजस्तै रहेको अभिव्यक्ति दिएका थिए । इटालियन लिगमा राम्रो रेकर्ड राखेका इकार्डीलाई युभेन्टसले अनुबन्ध गर्ने इच्छा जाहेर गरेको हो ।

इन्टरमा गत सिजन इकार्डी अनेक समस्यामा परेका थिए । समर्थकसँग भनाभन भएपछि कप्तानीबाट हटाइएका उनले क्लबसँग नयाँ सम्झौताका लागि पनि निकै समस्या दिइरहेका छन् । क्लबले उनलाई यस सिजनका लागि सिनियर टोलीमा नै रहेका छन् ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०५:३०

टि२० वरियतामा पारस खड्काको ठूलो छलाङ, धोनी र रसेललाई पनि पछि पारे !