एजेन्सी – सामाजिक संजालमा बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेको एक भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
भाइरल भएको भिडियोमा सोनाक्षीको हातमा हत्कडी लगाइएको देखिएको छ भने सोनाक्षी आफूलाई पक्राउ गर्न नमिल्ने र केही गल्ती नगरेको उल्लेख गर्दै आफू निर्दोष रहेको बताइरहेको देखिएको छ।
“तपाईले मलाई यसरी पक्राउ गर्न मिल्दैन। म को हुँ भन्ने तपाईलाई थाहा छ ? मैले केही गरेको छैन, म निर्दोष छु । “, हत्कडी सहित देखिएकी सोनाक्षीले भिडियोमा भनिरहेको देख्न र सुन्न सकिन्छ।
सामाजिक संजालमा यस भिडियो भाइरल भएपछि प्रसंशक माझ अन्योलता छाएको छ। सोनाक्षीलाई किन पक्राउ गरियो भन्दै सामाजिक संजालमा प्रश्नहरु गरिएका छन्। यतै केहि प्रसंशकहरुले भने भिडियोलाई चलचित्र प्रमोशनको फण्डाको संज्ञा दिएका छन्।
भाइरल भएको भिडियो बारे सोनाक्षीले सामाजिक संजाल मार्फत स्पष्टिकरण समेत दिएकी छन्। आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गर्दै सोनाक्षीले भिडियोमा देखिएकी युवती आफू नै रहेको स्पष्ट परेकी छन्।
साथै इन्स्टाग्राममा शेयर गरेको स्टोरी मार्फत उनले घटना बारे विस्तृत जानकारी गराउने पनि जानकारी गराएकी छन्।