पत्रकार पुडासैनीको घटनामा अनलाईन संचारमध्यमले अफवाह फैल्याए , अनुसन्धान बिग्रिन्छ : चितवन प्रहरी

काठमाडौँ : सोमबार राति चितवनको एक होटेलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको घटनामा भ्रमपूर्ण समाचार आएकोमा जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एक नारायण काेइरालाले मंगलबार एक प्रेस नाेट जारी गरि अनलाईन संचार मध्यम लगाएत सामाजिक संजालमा अनुसन्धानलाई प्रभावित पार्नेगरि भ्रामक अफवाह फैलाउने समाचार प्रकाशित नगर्न आग्रह गरेका हुन् ।

उनले हालसम्म घटनास्थल अनुसन्धान पश्चात शव परिक्षणको लागि काठमाडाैँ त्रिवि शिक्षण अस्पतालमा पठाइएकाे र थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

काठमाडौँबाट चितवन पुगेका पत्रकार पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा राति करिब १० बजे कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- २ कुमरी घर भएका पत्रकार पुडासैनी यसअघि न्यूज–२४ रवी लामिछाने संचालन गर्दै आएको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेकोमा हाल माउण्टेन टेलिभिजनमा कार्यरत थिए ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०७:५२

पत्रकार पुडासैनीले श्रीमतीलाई यस्तो आग्रह गरेका रहेछन् !