त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत समातिए !

फाइल तस्बिर

काठमाडौँ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत पक्राउ परेका छन् ।

बुधबार विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

बिना श्रम स्विकृति कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न  मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको भन्दै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।

उनले यात्रुको अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई आर्थिक लाभ लिएको आरोपमा पक्राउ गरेको बताइएको छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६०९:१४

दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका सञ्जयको अस्पताल नपुग्दै मृत्यु !