आफ्नै आमाले १२ वर्षीय छोरीलाई दिल्ली पुर्याएर १५ दिनसम्म युवकको कोठामा बन्धक बनाएपछि …

काठमाडौँ :  आफ्नै आमाको सहयोगमा १५ दिनसम्म बालिकालाई दिल्लीमा बन्धक बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

आमाको सहयोगमा १२ वर्षकी बालिकालाई बन्दक बनाएर करणी गरेको आरोपमा महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोल बन्द्रका ४० वर्षीय सियाराम महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गत असर १६ गते साँझ आमा र सियाराम दुवैले दिल्लीबाट बालिकालाई घरमा ल्याएर फरार भएपछि घटनाबारे बाहिरिएको र परिवार र स्थानिएको सहयोगमा प्रहरीमा उजूरी दिएपछि मंगलबार प्रहरीले सियारामलाई महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत असर २२ गते सो घटनाबारे प्रहरीमा उजूरी परेपछि आमा जिल्ला प्रहरी कार्यालयमा हाजिर भएकी थिईन । बालिकाकी आमाले छोरीलाई बाहिर सरसफाइको काम गर्न जाने भन्दै दिल्ली पुर्याएर सियारामको जिम्मा लगाएको अनुसन्धानमा खुल्न आएको छ ।

त्यसपश्चात सियारामले बालिकालाई १५ दिनसम्म एउटा कोठामा बन्धन बनाई यौनशोषण गरेको भन्ने उजूरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६११:२३

पत्रकार पुडासैनीको घटनामा आफू जिम्मेवार देखिए सजाय भोग्न तयार छु : रवि लामिछाने [भिडियो]