पत्रकार पुडासैनीको घटनामा आफू जिम्मेवार देखिए सजाय भोग्न तयार छु : रवि लामिछाने [भिडियो]

काठमाडौँ : सोमबार राति चितवनको एक होटेलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको घटनामा भ्रमपूर्ण समाचार आएको भन्दै न्यूज–२४ का पत्रकार रवि लामिछाने दु:ख व्यक्त गरेका छन् ।

यसअघि न्यूज–२४ बाट संचालन हुँदै आएको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेका पत्रकार पुडासैनीको मृत्युको कारण रवि लामिछाने लगाएत अन्य व्यक्तिको प्रेशर रहेको र त्यसबारे अडियो रिपोर्ट समेत फेला पारेको भन्दै विभिन्न अनलाईन संचार मध्यम लगाएत सामाजिक संजालमा समाचार सम्प्रेषण भएपछि पत्रकार लामिछानेले फेसबुक लाइभ त्यसबारे आफ्नो भनाइ राखेका हुन् ।

काठमाडौँबाट चितवन पुगेका पत्रकार पुडासैनी चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा राति करिब १० बजे कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको मोबाइलबाट करीब ८ मिनेट र ३ मिनेटका दुईवटा भिडियो फेला परेको बताइएको छ ।

त्यसपश्चात उक्त भिडियोमा पत्रकार पुडासैनीले दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको कुरा बताएको  भन्दै न्यूज–२४ टिममा जोडिएको थियो ।

हेर्नुहोस् पत्रकार रवि लामिछानेको स्पष्टीकारण :

प्रकाशित : बुधबार, साउन २२, २०७६११:४७

काठमाडौँबाट गएको बस ट्रकसँग ठोक्कियो, नौ जना घाइते !