स्व. सुष्माको घरमै गई हेमा मालिनीले दिईन श्रदान्जली, अमिताभदेखि सनीसम्मले गरे यसरी दुख व्यक्त!

पूर्व विदेश मन्त्रि तथा  भारतीय जनता पार्टीको  नेता सुष्मा  स्वराजको  मंगलबार राति  हर्टअट्याकको कारण निधन भएको थियो । सुष्माले ६७ वर्षको उमेरमा अन्तिम सास लिएकी हुन् ।  उनको  निधनको खबर सुनेर हरेक कोहि दुखी भएका छन् । बलिउडका अमिताभ बच्चनदेखि  लता मंगेशकर र हेमा मालिनी समेत कैयौँ   सेलिब्रिटीले  ट्वीट गरेर दुख जनाएका छन्। निधनपछि  सुष्मा  स्वराजको  पार्थिव शरीरलाई उनको घरमा दर्शनार्थमा राखियो र  बीजेपी र सबै दलको  नेताहरुले  सुष्मा स्वराजलाई श्रदान्जली दिन बुधबार बिहान उनको घर पुगे।

सुष्मालाई  श्रदान्जली दिन  मथुराबाट बीजेपी सांसद हेमा मालिनी पनि गईन्। हेमाले सुष्माको  निधनको  खबर पछि सोशल मीडिया मार्फत दुख व्यक्त गरेकी थिइन् । उनले  ट्विटरमा सुष्मा स्वराजसँग  भएको तस्विर पोस्ट गर्दै यस्तो लेखेकी छिन्,”सुष्मा स्वराज जी तपाई रहनुभएन।  हाम्रो  राष्ट्रको लागि यो एक ठुलो नोक्सान हो। व्यक्तिगत रुपमा मेरो पुरै संसदको यात्रामा सधैँ  मेरो निकै राम्रो साथी , फिलोसोफर र मार्गदर्शक रहनुभयो  । नरम  भाषा बोल्ने  र सधैँ मान्छेको समस्या प्रति संवेदनशील रहनुभयो।’

त्यस्तै अमिताभ बच्चनले  सुष्मा स्वराजसँगै भएको तस्विर शेयर गरेर लेखेका छन्’ एक अत्यन्त  दुखद समाचार, एक निकै  प्रबल राजनीतिज्ञ, एक मिलनसार व्यक्तित्व, एक अद्भुत प्रवक्ता। आत्माको शान्तिको लागि , प्राथना ।’

सुष्मा स्वराजको  निधनमा सनी देओलले ट्वीट गरेका छन्, ‘सुष्मा स्वराज जीको   निधनमा मेरो  संवेदना । हाम्रो  देशको प्रतिभा भएको नेतामा एक थिइन्। उनी विशेष थिइन् त्यसैले हामी उनलाई याद गर्नेछौ। परिवार र साथीको लागि मेरो प्रार्थना।’

स्वर कोकिल लता मंगेशकरले  ट्वीट गरिन्   ‘सुष्मा स्वराजको  अचानक मृत्युले दुखमा छु। उनी एक प्रभावशाली र ईमानदार नेता थिइन्। उनी संवेदनशील र स्वार्थहीन  व्यक्ति थिइन्।  उनी मेरो साथी थिइन्। हाम्रो पूर्व विदेश मन्त्रीको  सधैँ  याद आउनेछ।’

एक्ट्रेस शबाना आजमीले लेखिन् ,  ‘सुष्मा स्वराजको  निधनयो गहिरो दुख भयो । राजनीतिक मतभेदको कारण हाम्रो निकै राम्रो सम्बन्ध थियो। म उनको नवरत्नमा एक थिए।  उनको  सूचना र प्रसारण मन्त्री बन्न उनले मलाई बोलाएकी थिइन् र फिल्म उद्योगको  दर्जा दिनुभएको थियो।  आत्मालाई शान्ति मिलोस।’

प्रकाशित : बुधबार, साउन २२, २०७६१२:३२

यी ५ बलिउड स्टारकिड्सले काटे आमा-बुवाको नाक, करियरमा दिन सकेनन् एउटा पनि हिट !