भोलि साउन २३ गते बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको २३ गते बिहिवार इश्वी संवत २०१९ अगस्ट ०८ तारिख, काठमाडौंमा सूर्योदय– ५: ३१  बजे, सूर्यास्त– १८:४६  बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ।  अस्वस्थताले काममा बाधा पुर्याउने छ।  दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ।  आध्यात्मिक सिद्धि प्राप्त गर्न शुभ समय रहेको छ।  बौद्धिक क्षेत्रमा आफ्नो कला प्रदर्शन गर्न सकिनेछ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

परिवारजनका साथमा अनावश्यक झैँ झमेला देखिने सम्भावना रहेको छ।  व्यवसायिक कक्षेत्रमा अधिक फाइदा हुने देखिन्छ।  आय आर्जनका नया स्रोतहरु प्रसस्तै खुलेर जानेछन।  मान सम्मानमा वृद्धि भएर जानेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

साहित्य लेखनको कार्यमा गहन रुचि बढ्नेछ। कला कौशलताका कारण आफ्नो क्षमता प्रदर्शन गर्न सकिने छ।  स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।  पारिवारिक माहोल आनन्दमय हुनेछ। शत्रु परास्त भएर जानेछन।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

शुभ चिन्तकहरुले दिएको सुझावलाई मनन  गर्दा बिशेष फाइदा पुग्ने देखिन्छ। शारीरिक अस्वस्थताको अनुभूति हुनेछ।  यात्राका लागि समय एकदमै उपयोगी रहेको छ।  साथी संगीको प्रसस्त साथ र सहयोग पाइने छ।  निश्चित निर्णय लिन नसक्नाले महत्वपुर्ण काम हातबाट गुम्ने छ। सन्तान सुख मिल्नेछैन।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

विदेश यात्रा सुखद रहेको छ।  नयाँ कामको प्रारम्भ गर्नका लागि समय उचित रहेको छ। अचानक धन लाभ भएर जानेछ।  आर्थिक पक्ष सबल भएर जानेछ।  आफु कमजोर भएको अनुभूति हुनेछ।  अनिन्द्राको भागीदार भइने छ।  समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

सकेसम्म नया कार्यको थालनी नगर्दा नै उपयुक्त हुनेछ।  बाणी तथा व्यवहारमा संयमित रहनु पर्नेछ।  स्वास्थ्यमा समस्या देखिन। सक्ला।  खानपानमा बिशेष ध्यान दिनु पर्नेछ।  दाजु भाईबीच आपसी सद्भाव बढेर जानेछ।  भाग्योदय हुनेछ।  सुखद तथा उपलब्धिमुलक यात्राको सम्भावना रहेको छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

चिताएको काममा बाधा अवरोध आइपर्नाले मन खिन्न हुनेछ।  कलात्मक तथा सिर्जनात्मक कार्यमा  सफलता पाइने छ। लेनदेनको बिषयमा विवाद देखिनेछ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  निर्णय शक्ति कमजोर हुनाले महत्वपुर्ण कार्य हातबाट गुम्ने छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अपेक्षा गरे अनुरुप कार्यमा उचित प्रतिफल पाइने छ।  असंयमित व्यवहारले समस्या निम्त्याउने सक्ने छ। विभिन्न उपहार प्राप्त हुने समय रहेको छ।  स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्नेछ।  आत्मविश्वासमा वृद्धि भएर जानेछ। दिर्घकालिन आर्थिक योजना बनाउने समय रहेको छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनत गर्नेहरुका लागि समय उत्साहजनक रहनेछ।  नोकरीमा पदोन्नती हुने योग रहेको छ।  पारिवारिक वातावरण सुखमय रहने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  बोलीको नकरात्मक प्रभाव प्रण सक्ने भएकाले बाणीमा संयमितता अपनाउनु पर्नेछ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

पारिवारिक वातावरण सुखमय रहने छ।  आर्थिक दृष्टिले समय अनुकुल रहेको छ।  व्यापार व्यवसायमा राम्रै प्रगती  देखिनेछ।  सहयोगीहरुको साथ र हात पाइने छ।  आय आर्जनमा वृद्धि भएर जानेछ।  रमणीय स्थलमा यात्रा हुन सक्ने सम्भावना रहेको छ।  स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा समय दिन नसकिएला।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

अरुको भर पर्दा आँटेका कामहरु समयमा सम्पादन हुने छैन।  प्रतिष्पर्धाका बिचमा पनि विजय हासिल गर्न सकिने समय रहेको छ।  धार्मिक यात्राको सम्भावना रहेको छ।  स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनु पर्नेछ। सरकारी कार्यमा सफलता पाइने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

नया काममा  हात हाल्ने उचित समय रहेको छ।  प्रयत्न गर्नाले अफ्ठ्यारो कामहरुमा पनि सफलता पाइने छ।  शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ। मानसिक बेचैनिको अनुभूति हुनेछ। आर्थिक कारोवारका लागि भने समय खासै उपयुक्त देखिदैन।  छोटा तर रमणीय यात्राको अवसर मिल्नेछ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१४:१३

आज साउन २३ गते बिहिवार , तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल !