थ्रेडिङ गरेपछि भुलेर पनि नगर्नुहोस् यी गल्तीहरु

काठमाडौँ – शरिरको रौँ उखेल्ने अर्थात थ्रेडिङ गर्ने महिलाको निम्ती अनावश्यक काम हो । तर प्राय महिलाहरुले नियमीत रुपमा उखाल्ने गर्छन् । हात, पाखुरा लगायतका रौँदेखि आँ भौँ आसपासका रौँ उखेल्ने महिलाहरु महिनामा तीन चार पटक पार्लर धाउने गर्छन् । तर थ्रेडिङपछि हुने दुखाइलाई कम गर्नको लागि गर्ने केही गल्तीको कारण विभिन्न समस्याहरु भोगदै आएका छन् ।

थ्रेडिङ गर्ने बित्तिकै घाममा निस्कने  : हामी शरिरको जुन अंगमा थ्रेडिङ गर्छौ त्यो अंग निकै संवेदनशिल हुन्छ । त्यसैले त्यो समस्या बाट बच्नको लागि घामबाट जोगिनु पर्छ ।

मेकअप नगर्ने :  हरेक महिलाहरुले गर्ने गल्ती भनेकै यहि हो । महिलाहरु कुनै पार्टीमा जानुपर्यो भने हतार हतार थ्रेडिङ गरेर मेकअप गर्ने गर्छन् । यस्तो खालको गल्ती गर्नाले छालामा समस्या आउने गर्छ । त्यसैले थ्रेडिङ गरेको २४ घण्टासम्म कुनै पनि मेकअप गर्नु हुँदैन् ।

औंला नलगाउने  : थ्रेडिङ गरेको ठाउँमा बारम्बार औँला लगाउनु हुँदैन् । यसो गर्नाले छाला चिलाउने विभिन्न किसिमका इन्फेक्सन हुन्छ ।

चिलाउने  : थेडिङ गरेपछि यस्तो त्यो ठाउँमा घरिघरि कन्याउने गर्नु हुँदैन् । यसो गर्नाले झन खतरनाक हुने भएकाले थेडिङ गरेको ठउँमा सकभर नछुदै राम्रो हुन्छ । यदि थ्रेडिङ गरेपछि असह्य भएर चिलायो भने गुलाब जलको प्रयोग गरेर मसाज गदा राम्रो हुन्छ ।

मोइस्चराइजरले मसाज गर्ने  : थ्रेडिङ गरेपछि आँखी भौँलाई त्यतिकै छोड्नु हुँदैन् । आँखी भौँमा रुखोपन देखिएपछि चिलाउने पोल्ने हुने हुँदा यस्तो समस्याबाट बच्नको लागि मोइस्चराइजरले मसाज गरेमा आँखी भौँ लाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित : बुधबार, साउन २२, २०७६१२:३३

भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिजहरु