काठमाडौँ – ललितपुर स्थित महाङ्काल गाउँपालिका लायन्स क्लबले बाढी तथा पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ।
बुधबार महाङ्काल गाउँपालिकामा आयोजित एक कार्यक्रममा बीच लायन्स क्लबले लगभग ७ लाख बराबरको खाद्यान र ६० हजार नगद वितरण गरेको हो।
लायन्सका इन्द्र खत्री प्रमुख अतिथि र महाङ्काल गाउँपालिका प्रमुख राम चन्द्र दाहाल विशेष अतिथि रहेको उक्त कार्यक्रमका माझ बाढी तथा पहिरो पिडितहरुलाई ३९८ बोरा चामल र २२२ केजी दाल वितरण गरिएको लायन्स ललितपुरले जनाएको छ।
लायन्सले आयोजना गरेको राहत वितरण कार्यक्रमको क्रममा गाउँपालिका अन्तर्गत बुखेल, मानिखेल ,गोटीखेल, चन्दनपुर, कालेश्वर लगायतका क्षेत्रहरुका बाढी तथा पहिरो पिडितहरुलाई राहत वितरण गरिएको थियो।
यस्तै बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई राहत स्वरूप नगद समेत प्रदान गरिएको छ ।