उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्य बाटैमा लुटिएपछि…

काठमाडौं, उपकरण उही, प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे । जनआस्था साप्ताहिकले समाचार छापेकाे छ ।

गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन् । बैंककमा जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन। मुद्राका दृष्टिले पनि त्यो महंगो ठाउँ हो ।

त्यसो गर्नुको विभिन्न कारणमध्ये एउटा हुनसक्छ, बैंकक बस्ने केही नेपालीले भिआइपीको नाम भजाइ ठगी धन्दा चलाउनु । चार वर्षअघि उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाक्यको सात सय डलर बाटैमा लुटिएको थियो ।

व्यस्त बैँककको सुखम्भित १ मा बुमराङग्राड अस्पताल, ७३ मा नेपाली दूतावास अनि प्रतुना भन्ने ठाउँबाट सुरज शाक्य भन्नेले श्रीमतीमार्फत अस्पतालमा दिनहुँ खाना पुर्याउन पठाउने ।

एकदिन उनैले बोलाएको ठाउँमा खाना खान जाने क्रममा लुटपाटको घटना भएको हो ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०३:००

प्रधानमन्त्री ओली विदेशमा हुँदा अध्यक्ष प्रचण्डले सक्रियता बढाए !