भारत र पाकिस्तान बीच फेरी युद्ध हुने संकेत : आफ्ना सेनालाई इमरानले दिए कडा निर्देशन !

एजेन्सी – विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तान बीच तनाव बढेको छ।

धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको छ।

धारा ३७० खारेज भएसँगै दुवै देशको तर्फबाट फरक-फरक विश्लेषण हुँदै आएको छ। यता दुवै देशबीच युद्धकाे अवस्था समेत शिर्जना भएको विश्लेषण गर्न थालिएको छ।

धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो । यो धारा खारेज भएसँगै जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएको छ भने यसबाट छुट्टिएर लद्दाख पनि केन्द्र शासित छुट्टै राज्य भएको छ ।

सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै सिंगो काश्मिर क्षेत्र विभाजित भएको थियो । काश्मिरको केही भूभाग भारतमा र केही भूभाग पाकिस्तानमा छ ।

अलग्ग काश्मिर मुलुक बनाउने भन्दै काश्मिरमा लामो समयदेखि स्वतन्त्रता आन्दोलन चलिरहेको छ भने भारत र पाकिस्तानबीच चार पटक युद्व भएको छ ।

धारा ३७० खारेज भएपछि बढेको तनावका बीच पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ। भारतको निर्णय विरुद्ध पाकिस्तान चुप नबस्ने संकेतहरु देखिसकेका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेनालाइ जुनसुकै परिस्थिति सामना गर्न पनि तयार रहन निर्देशन दिसकेका छन्। पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठक समेत बुधबार बसेको बसिसकेको छ।

प्रधानमन्त्री खानको अध्यक्षतामा बसेको उक्त बैठकले भारतकाे कदमविरूद्ध रणनीत तय गरेको बताइएको छ। बैठकले भारतसँगको व्यापारिक सम्बन्ध तोड्ने, भारतीय कूटनीतिज्ञ फिर्ता पठाउने र कूटनीतिक सम्बन्ध नै ताेड्ने जस्ता कडा निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

धारा ३७० खारेज गरेर अन्तराष्ट्रिय कानुन उलंघन गरेको भन्दै यस विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‍मा समेत लैजाने तयारीमा पाकिस्तान छ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०५:०१

१५ वर्ष अघि काजकिरिया गरिएका पूर्वमाओवादी लडाकु पत्नी र छोराछोरी सहित घर फर्किएपछि …