अजिव भन्दा पनि महाअजिव देखिन्छन् यी जीवहरु ! [तस्विर सहित]

एजेन्सी – पृथ्वी साँचै नै अजिव छ। यहाँ अनेक प्रकारका वनस्पति मात्र नभई जीव पनि छन्। पृथ्वीमा सामान्य देखिने मात्र नभई अजिव देखिने जीवहरु पनि छन्।

विश्वका सबै जीवहरुलाई हामीले देखेका हुँदैनन्। त्यहि भएर केहि जीव-जनावरहरु हामीलाई धेरै नै अजिव लाग्छन्। त्यस्तै अजिव लाग्ने केहि जीव हामीले यहाँ समावेश गरेका छौँ। हेर्नुहोस् केहि अजिव जीवहरु।

तस्विरमा देखिएको जीव जापानी माकुरा हो। गंगटो जस्तै देखिने यस माकुरालाई देख्दा जो-कोहि पनि झुक्किन सक्छ। यस प्रजातिका जीवहरु केहि पानिमा बस्छन् भने केहि जमिनमा।

तस्विरमा देखिने जीवको नाम थोर्नी डेभील हो। काँडै-काँडा भएको हुँदा यस जीवको नाम थोर्नी डेभील रहन गएको हो। अस्ट्रेलियाको मरुभूमिमा पाइने यस जीवको लामो जिब्रो हुने गर्छ। जसको सहायतामा यसले कीरा र कमिलाहरूको शिकार गर्छ।

धेरै नै अजिव देखिने यस जीवको नाम जाएन्ट आईसोपोड हो। विशेष गरेर पानिमा पाइने यस जीव गहिरा महासागरहरुमा पाइन्छ। आफूले सक्ने हरेक जीवको शिकार गरेर जाएन्ट आईसोपोड बाँच्ने गर्छ।

तस्विरमा देखिएको जीव एक प्रकारको माछा हो। गोब्लिन शार्क नामले चिनिने यस जीव अष्ट्रेलियाको समुद्रमा पाइन्छ। गोब्लिन शार्क संसारको सबैभन्दा पुरानो जीवित प्रजातिहरु मध्ये एक मानिन्छ।

बाँदर जस्तै भएर पनि यस जीव धेरै नै अजिव देखिन्छ। बाँदर प्रजाति भित्रै पर्ने भएता पनि यस जीव धेरै नै फरक देखिन्छ। यस जीव आए-आए नामले परिचित छ। विशेष गरेर यस जीव रुखमा नै बस्छ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:०७

आफ्नो पेट पाल्नकै स्टेशनमा गित गाउने यी महिलालाई रियालिटी शोबाट अफर आएपछि…