मापसे गरेर चलाएको कार जावलाखेलको मोबाइल पसलमा पस्यो …

काठमाडौँ : बिहिबार बिहान ललितपुरको जावलाखेलमा रहेको मोबाइल पसलमा ठोक्किएर कार दुर्घटना भएको छ ।

भैँसेपाटी जाने सडकतर्फ रहेको नेपाल टेलिकमको कार्यालयसँगैको मोबाइल पसलमा बी एए ०९४५ नम्बरको कार ठोक्किएको हो ।

चालकले मदिरा सेवन गरेका कारण कार मोबाइल पसलमा ठोक्किन पुगेको ललितपुर प्रहरीले जनाएको छ । उक्त घटनामा कारको अगाडिको भाग कुच्चिएको छ भने मोबाइल पसलमा पनि क्षति पुगेको छ ।

प्रहरीले कार सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०५:२०

छोरा-छोरी सहित नारायणी नदीमा हाम फालिन् आमा, छोरा-छोरी दुवैको मृत्यु !