उर्जामन्त्रीले बोल्दा-बोल्दै संसदमा “लोडसेडिंग” भएपछि…

काठमाडौँ – बिहिबार प्रतिनिधि सभाको बैठकमा उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनले सम्बोधन गर्दै थिए। सम्बोधन शुरु गरेको केहीबेरमै संसद एक्कासी अन्धकार भयो, विद्युत कटौती भयो।

उर्जामन्त्रीले सम्बोधन गर्दा-गर्दै विद्युत कटौती भएपछि सांसदहरुले टेबल ठटाए, संसदभरि हाँसो पनि गुन्जियो। सांसद अन्धकार भएको केहि समय नबित्दै पुन विद्युत चालु भयो।

अन्धकार भएको संसद विद्युत चालु भएर उज्यालो भएपछि उर्जा मन्त्रीले हाँस्दै भने,”धन्यवाद छ ! कमसेकमा समयमै आयो….”

विद्युत पुन चालु भएपछि पुनले सार्वजनिक महत्वको विषयमा आफ्नो सम्बोधनलाई सुचारु गरे।

प्रकाशित : बिहिबार, साउन २३, २०७६०८:०७

छ बालबालिकाको शव पोखरीमा भेटियो !