सन् २०२० सम्ममा यी ६ बलिउड जोडीको विवाह हुने पक्का, एक त बन्दैछिन् नेपालकी बुहारी !

एजेन्सी – गत वर्ष अथवा सन् २०१८मा कयौं बलिउड सेलिब्रेटीहरूको विवाह भयो। दीपिका पादुकोण-रणवीर सिंह, सोनम कपूर-आनंद आहूजा, नेहा धूपिया-अंगद बेदी र प्रियंका चोपड़ा-निक जोनसको विवाह एकै वर्ष भयो। यहि कारणले पनि सन् २०१८ बलिउड विवाहमय भयो।

तर सन् २०१९मा भने खासै धेरै बलिउड सेलिब्रेटीहरूको विवाह भएको छैन। यस्तै सन् २०१९मा कुनै बलिउड सेलिब्रेटीको विवाह हुने बारे खासै खबर पनि आएको छैन।

सन् २०२० मा भने धेरै बलिउड सेलिब्रेटीहरू वैवाहिक बन्धनमा बाँधिने आकलन गरिएको छ। अहिले प्रेम सम्बन्धमा रहेका धेरै बलिउड जोडी बीच आउने वर्ष विवाह हुने अनुमान लगाइएको छ।

सन् २०२० मा विवाह हुने सम्भावना उच्च रहेका बलिउड सेलिब्रेटीहरू निम्न छन्।

१.अर्जुन कपूर र मलाइका अरोडा

यी दुईको सम्बन्ध बारे धेरै समय देखि चर्चा चल्दै आइरहेको छ। सन् २०१९ भरमा यी दुईले विवाह गर्ने लगभग पक्का रहेको भन्दै हल्ला पनि गरियो। तर अहिले सम्म यी दुईको विवाह यसै वर्ष हुने छाँटकाँट देखिएको छैन। यसै कारणले गर्दा पनि यी दुईले सन् २०२० मा विवाह गर्ने उच्च सम्भावना छ।

२. वरुण धवन र नताशा दलाल

अभिनेता वरुण धवन धेरै समय देखि नताशा दलालसँग सम्बन्धमा छन्। यी दुई प्राय जसो सँग-सँगै देखिने गरेका छन्। यी दुईको समबन्धलाई एक-अर्काको परिवारले समेत स्वीकारिसकेको बताउने गरिन्छ। सोहि कारण सन् २०२० मा यी दुईले विवाह लगभग पक्का जस्तै देखिन्छ।

३.रणबीर कपूर र आलिया भट्ट

हाल बलिउडमा सबै भन्दा धेरै चर्चा हुने प्रेम जोडीमा यहि जोडी पर्छ। सार्वजनिक रुपमा खुलेर सम्बन्ध बारे नबोलेतापनि यी दुईले आफूहरु सम्बन्धमा रहेको घुमाउरो पारामा संकेत दिसकेका छन्। सन् २०२०मा रणबीर कपूर र आलिया भट्ट वैवाहिक सम्बन्धमा बाँधिने लगभग पक्का छ।

४.रोहन श्रेष्ठ र श्रद्धा कपूर

श्रद्धा कपूर नेपाली मूलका रोहनसँग सम्बन्ध रहेको बारे अहिले सम्म विभिन्न समाचारहरु आएका छन्। यस सम्बन्धलाई दुवैले लुकाउन खोजिरहेको भएता पनि सन् २०२० भित्र यी दुईले विवाह गर्ने भारतीय मिडियाहरु दावी गर्छन्।

५.फरहान अख्तर र शिबानी दांडेकर

पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि शिबानी दांडेकरसँग फरहान नजिक भएका छन्। विश्वका विभिन्न ठाउँहरुमा यी दुई रमाइरहेका तस्विरहरु पनि सार्वजनिक भएका छन्। सम्भवतः यी दुईले पनि सन् २०२० भित्र विवाह गर्न सक्छन्।

६.रोहमन शउल र सुष्मिता सेन

पूर्व मिस यूनिवर्स समेत रहेकी सुष्मिता सेन अहिले रोहमन शउलसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्। रोहमन र सुष्मित प्राय सँगै देखिन थालेका छन्। हाल प्रेम सम्बन्ध बारे खुलेर नबोलेतामा यी दुईले सन् २०२० सम्म विवाह गर्ने उच्च सम्भावना छ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:०७

यी हुन् बलिउडका सबै-भन्दा महँगा ७ आइटम गर्ल, एक गीतकै लिन्छन नसोचेको पारिश्रमिक !