लागुऔसध बोकेर मोटरसाईकलमा सवार २६ बर्षीय अनुज समातिए !

सांकेतिक तस्बिर

काठमाडौँ : मोरङको उर्लावारी नगरपालिका-७ बाट लागुऔसध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार  बिहान १० बजेको समयमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ६४८५ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का २६ बर्षीय अनुज राईको साथबाट लुपिजेसीक-१७ एम्पुल, डाईजेपम-१७ एम्पुल र प्रोमोजोन १७ एम्पुल बरामद गरेको थियो ।

लागु औसध सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय उर्लावारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६११:३४

विदेशमा बसेका नेपालीले फेसबुकमा जथाभावी लेख्नु भन्दा १-१ जना पर्यटक पठाउनुस् : मन्त्री भट्टराई