सुर्यको प्रकाश नपाउँदा शरीरमा देखिन्छन् यस्ता गम्भीर समस्या !

एजेन्सी, हामी  धेरै  गर्मि मन पराउदैनौ । के तपाईले कहिले सोच्नु भएको छ कि १३ लाख ९२ हजार किलोमिटर व्यासको यस गोलो हामी सबैको लागि कति जरुरी छ । यहाहरुको जानकारीको लागि धर्तिको भन्दा सुर्यको ११० गुणा बढी व्यास हुन्छ ।

एउटा कुरा त पक्का छ कि सुर्य नहुने हो भने धर्तिमा जीवन पनि हुँदैन । सुर्यको किरण हाम्रो स्वास्थ्यको लागि निकै जरुरी हुन्छ । आज हामी तपाइलाई यो बताउन जादैछौँ कि सुर्यको प्रकाश नपाउँदा शरीरलाई के असर पर्दछ । आउनुहोस् जानौराखौ आखिर सुर्यको प्रकाश नपाउँदा शरीरलाई के-के नोक्सान हुन्छ ।

दिलको स्वास्थ्यलाई खतरा:

सुर्यको प्रकाशबाट हाम्रो शरीरलाई पर्याप्त ‘भिटामिन डि’ मिल्दछ । यस कारणले दिलको स्वास्थ्य पनि राम्रो बन्छ । यदि शरीरलाई सुर्यको प्रकाश मिलेन भने शरीरमा कार्डियोस्कोलिक (हृदय रोग) समस्या  बढ्दछ ।

ब्लड प्रेशरको समस्या

पराबैजनी किरणले हाम्रो शरीरको ब्लड प्रेशर मेन्टेन राख्न मद्दत गर्दछ । सुर्यको प्रकाश नमिल्दा ब्लड प्रेशर अनियन्त्रित  हुन्छ ।

गर्भधारणमा समस्या

सुर्यको प्रकाश नमिल्दा महिलाहरुमा गर्भधारण गर्दा समस्या बढ्न सक्छ । सनलाइट बिना महिलाहरुको शरीरमा मेलाटोनिन बढ्दछ । यस कारण उनीहरु बेबी कन्सिभ गर्न सक्दैनन् ।

महिनावारी बन्द हुने:

रिसर्चमा यस्तो पाइएको छ कि सुर्यको प्रकाश कम पाउने महिलाहरुमा छिट्टै महिनावारी बन्द हुन्छ ।

बच्चामा यस्तो असर:

पर्याप्त मात्रामा सुर्यको प्रकाश नमिल्दा बच्चाको स्वास्थ्यमा नराम्रो असर पर्दछ । यस कारण  उनीहरुको  नर्भस सिस्टम कमजोर पर्न थाल्दछ ।

जोर्नीमा दुखाइ

शरीरको त्यो भाग जहाँ हड्डी भेट्टीन्छ त्यहाँ अलिक बढी जोड पर्दछ । सुर्यको प्रकाश मिल्दा हड्डि बलियो हुन्छ । भिटामिन-डि हड्डिको लागि निकै जरुरी हुन्छ ।

डिप्रेशनको शिकार:

सुर्यको प्रकाशले तपाइलाई डिप्रेशनबाट जोगाउछ । सुर्यको प्रकाश नमिल्दा तपाइ डिप्रेशनको शिकार पनि हुन सक्नुहुन्छ ।

बिभिन्न प्रकारको बिमारी:

सनलाइट कम हुदा तपाइको शरीरमा व्हाइट ब्लड सेल्स कम हुन थाल्दछ । यस कारण तपाइ निकै बिरामी पर्नुहुनेछ । सनलाइट नमिल्दा यसले दातलाई पनि निकै नोक्सान पुर्याउँछ । यसले दाँतमा दुखाइ र क्याभिटी बढ्न थाल्दछ ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१४:२४

बढी उत्तेजित हुँदा लिंग भाँचिने र फ्रयाक्चर हुने समस्या हुन सक्छ ? जानीराखौ यस्ता कुराहरु !