शुक्रबार फर्कने भनिए पनि किन नेपाल नफर्किने भए ओली ? यस्तो रहेछ कारण !

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

“शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ”, डा अर्यालले भने । यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

प्रकाशित : बिहिबार, साउन २३, २०७६१५:०२

मोबाइल एपबाटै सिभिल हस्पिटलको टिकट ! यस्तो टिकट मोबाइल बाटै लिन सकिन्छ