पूर्वराजा भेटेर षडयन्त्रका तानाबाना बुनेको भनिएपछि भड्किए ईश्वर पोखरेल, दिए चुनौती…

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर षडयन्त्रका तानाबाना बुनेको भन्दै समाचार आएको प्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन्।

पोखरेलले ट्विट गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको भन्ने समाचार गलत रहेको दावी गर्दै पुष्टि गर्न चुनौती समेत दिएका छन्।

“निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु।”,ज्ञानेन्द्रसँगको भेटको समाचारको खण्डन गर्दै उनले लेखेका छन्।

पुष्टि गर्न नसकेको खण्डमा माफी माग्नु पर्ने पनि पोख्रेलले सोहि ट्विटमा उल्लेख गरेका छन्। “पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर।”, क्षमायाचना गर्न उनको सुझाव छ।

यस्तो छ ट्विट –
“निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु। पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर।”

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०४:३८

कपडा सुकाउन खोज्दा इनारमा खसेर गयो ४० वर्षीय महिलाको ज्यान …