जम्मु-काश्मीर प्रकरण : समर्थन माग्न इमरान खानले विदेशमन्त्रीलाई चीन पठाएपछि भारतमा भूकम्प !

एजेन्सी – विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तान बीच तनाव बढेको छ।

धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको छ।

धारा ३७० खारेज भएसँगै दुवै देशको तर्फबाट फरक-फरक विश्लेषण हुँदै आएको छ। यता दुवै देशबीच युद्धकाे अवस्था समेत शिर्जना भएको विश्लेषण गर्न थालिएको छ।

तनाव बढिरहेका बीच पाकिस्तानले चीनको सहयोगको अपेक्षा गरेको पनि विश्लेषण हुन थालेको छ। चीन मात्र नभई पाकिस्तानले भारत विरुद्ध अन्तर्राष्ट्रियस्तरमा मत जुटाउने प्रयास शुरु गरिसकेको छ।

यसै बीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी बेइजिङ हानिएका छन्। पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले चीनका विदेशमन्त्री वाय यीसँग भेटवार्ता गर्ने बताइएको छ।

वाय यीका अलावा उनले चीनका अन्य ठूला नेताहरूसँग समेत भेटवार्ता गर्न सक्ने अनुमान गरिएको छ। यसरी पाकिस्तानका विदेशमन्त्री चीन तर्फ लाग्नुलाई महत्वका साथ हेरिएको छ।

यस विषयलाई लिएर भारतमा पनि विभिन्न तरिकाबाट विश्लेषण शुरु भएको छ। पाकिस्तानले भनेअनुसार जम्मू–कश्मीर मुद्दामा कुनै पनि समर्थन नमिलेपछि पाकिस्तान विदेशमन्त्री समर्थन जुटाउन चीन हानिए भन्दै भारतमा एक प्रकारको नयाँ तरंग पैदा भएको छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०५:१२

समृद्धिका ठूला गफ छाँट्नुसट्टा ठप्प भएका कलकारखाना खुलाउ : बाबुराम भट्टराई