कपडा सुकाउन खोज्दा इनारमा खसेर गयो ४० वर्षीय महिलाको ज्यान …

सांकेतिक तस्बिर

काठमाडौँ : भरतपुर महानगरपालिका–९ आदर्शचोकमा आज बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर ज्यान गएको हो ।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिईन । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०५:०५

जम्मु-काश्मीर प्रकरण : समर्थन माग्न इमरान खानले विदेशमन्त्रीलाई चीन पठाएपछि भारतमा भूकम्प !