रत्न राज्यमा कक्षा ११ मा भर्ना भइन नेकपा सांसद शान्ता चौधरी …

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् ।

नेकपाको संसदीय दलकी सचेतक समेत रहेकी चौधरी बानेश्वरमा अवस्थित रत्न राज्य उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी हुन् ।

उनले आफ्नो रुची रहेको मानविकी शास्त्र अध्यान गर्न नाम लेखाएको विद्यालयले जनाएको छ । शान्ता गत सालको एसइई परिक्षामा २.६५ प्रतिशत जिपिए प्राप्त गरेर ग्रेड ‘बी’मा उत्तीर्ण भएकी हुन्।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी थिइन्। अहिले कक्षा ११ मा  रोल नम्बर ६२ रहेको उनले बताईन् ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०६:३६

काठमाडौँको स्वयम्भूमा प्रहरीद्वारा लोपचन माथि २ गोलि प्रहार …