आफ्नै गाउँपालिका अध्यक्षको छोरी ज्यान लिने धम्की दिएपछि प्रहरीद्वारा गोली प्रहार…

सांकेतिक तस्बिर

काठमाडौँ : काठमाडौँको स्वयम्भूमा प्रहरीले गोलि प्रहार गरि गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएका दुईजनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले शुक्रबार लोपचन भनिने मिलन लामामाथि गोलि चलाई आपराधिक क्रियाकलापमा संलग्न अमृत तामाङलाई समेत नियन्त्रणमा लिएको हो ।

रामेछाप मन्थली नगरपालिकाका तामाङले रामेछापकै लिखु गाउँपालिका अध्यक्षसँग दुई करोड रुपैयाँ मागेका उनीहरुले पैसा नदिए छोरीलाई मारिदिने धम्की दिएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोलि चलाएर पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

लोपचनलाई चलाएको दुई गोली लागेपछि उपचारका लागि अस्पताल लागेको बताइएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०७:१८

नेपालमै प्लास्टिक चामलको बिगबिगी, छानबिन हुँदै !