बाटोमा हिँडीरहेकी ५१ बर्षीया महिलालाई रुखले किच्यो …

सांकेतिक तस्बिर

काठमाडौँ : बिहिबार ५१ बर्षीया पार्वता भट्टराईको रुखले किचेर मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका ७ आईतबारे बस्ने उनलाई  सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा कानेपोखरी चोक देखि ५०० मिटर दक्षिण पुग्दा एक्कासी आएको हावा हुरीको कारण रुख लड्दा सोहि रुखले किचेको हो ।

रुखले किचेर घाईते भएकी भट्टराईको पथरी अस्पताल पथरीमा उपचारको क्रममा पौने ५ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

उनको शव पोष्टमार्टम पछि सम्पूर्ण  कानुनी प्रक्रिया पूरा गरि आफन्तलाई बुझाएको बताइएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०८:११

त्रिशूली दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो