बलिउडका यी चर्चित संगीतकार आईसीयूमा भर्ना

बलिउडका चर्चित संगीतकार  अर्थात् पद्म भूषणले सम्मानित  मोहम्मद जहूर खय्याम अहिले बिरामी छन् । वास्तवमा उनको फोक्सोमा संक्रमण भएको छ , अहिले उनी सहरको एक अस्पतालमा भर्ती छन् । उनी अहिले  आईसीयूमा छन् । पारिवारिक सदस्यले बताएअनुसार  खय्यामलाई आइतबार सुजय अस्पतालमा भर्ती  गरिएको हो ।

संगीतकार खय्यामको एक साथीले भने , “उनी हल आईसीयूमा छन् ।  उनको हालत गम्भीर तर स्थिर छ । डाक्टरले उनको उपचार गर्दैछन् । हामीलाई थाहा छैन कि उनलाई अस्पतालबाट कहिले डिस्चार्ज गरिन्छ । हामी उनलाई स्वस्थ हुन कामना गर्दछौ । “

जानकारीको लागि खय्यामलाई  “त्रिशूल”, “नूरी” तथा “शोला और शबनम” जस्ता कैयौँ फिल्ममा शानदार संगीतको कारण चिनिन्छ  ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:४७

अर्जुन रेड्डीसंगको तस्विर शेयर गर्दै प्रियाले लेखिन यस्तो बिशेष क्याप्सन