सरकारले अनिवार्य प्यानको व्यवस्था गरेको विरोधमा असन बजार ठप्प …

काठमाडौँ : सरकारले अनिवार्य प्यानको व्यवस्था गरेको विरोधमा असन बजार बन्द भएको छ ।

सरकारले चालु आर्थिक वर्षबाट हरेक कर्मचारी देखि स-साना व्यवसाय लाई  अनिवार्य रुपमा प्यानमा लैजानु पर्ने नियम लागू गरेर अप्ठ्यारोमा पारेको भन्दै व्यापारीले शुक्रबार असन बजार ठप्प पारेका हुन् ।

सम्पूर्ण पसल प्यानमा दर्ता गर्नुपर्ने निर्णयको विरोधमा बिहानदेखि असन, मखन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका हुन्।

सरकारले गत साउन १ गतेदेखि नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने जानकारी गराएको थियो ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०८:४३

ललितपुरमा पनि यान्त्रिक ब्रुमर