लामखुट्टे धपाउन आगो बालेर छाड्दा घर र गोठ जल्यो, ८ लाखको क्षति !

सांकेतिक तस्विर

काठमाडौँ – लामखुट्टे धपाउन बालेको आगोको कारण पर्सामा एक व्यक्तिको घर र गोठ जलेको छ।

लामखुट्टे धपाउन गाई गोठमा बालेको आगो गोठ र घरमा सल्किँदा पर्साको बहुदरमाई नगरपालिकाका २ सिसियाडी टोलका दुर्गा साह तेलीको घर र गोठ जलेको हो।

गाई-वस्तुलाई लामखुट्टेले नटोकोस् भनेर गोठमा बालिछाडेको आगो पहिला गोठमा सल्किएको र पछि त्यहि आगो घरमा सल्किँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आगलागीको कारण दुर्गा साह तेलीको घरमा भएका सम्पूर्ण अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको छ भने गोठमा रहेका दुई गाई समेत मरेका छन्।

लापरवाहीपूर्वक आगो बालेर छाड्दा करिब आठ लाख जतिको क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६०९:५६

खसी, बोका वा कुखुरा भन्दै झुक्याएर अन्य जन्तुको मासु, शङ्का लागे डिएनए परीक्षण !