प्रचण्डलाई थापाको जवाफ : कम्नियुष्ट असफल भइसक्यो , राजसंस्था बोक्नु संवैधानिक अधिकार हो …

फाइल तस्बिर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने बताएका छन् ।

राप्रपाको प्रशिक्षण विभागद्वारा काभ्रेको धुलिखेलमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ठुला राजनीतिक दल कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको बताउदै वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्ने घोषणा गरेका हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताए ।

उनले २०७६ साललाई पार्टीले सङ्गठन निर्माण वर्ष घोषणा गरेको बताउदै स्थानीय तहका वडासम्म संगठन बनाउने र हिन्दु राष्ट्रको स्थापनाको लागि संकल्प यात्रा गर्ने, भ्रष्टाचार विरुद्ध अभियान चलाउने, गाउँ फर्क अभियान चलाउने लगायतका कार्यक्रम तय भएको जानकारी गराएका थिए ।

सात वटै प्रदेशबाट पार्टी प्रतिनिधिको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६१०:०७

अब अधिकारका लागि हतियार उठाउनु पर्दैन – पूर्वसभामुख नेम्बाङ