ललितपुरमा स्कुटरको डिक्कीबाट २ लाख चोरी , १ जना पक्राउ …

सांकेतिक तस्बिर

काठमाडौँ : ललितपुरको सातदोबाटोमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

गत साउन २० गते राती करिब ८ बजे ललितपुर महानगरपालिका भैंसेपाटीका ३० वर्षीय शिवराम आलेमगरले रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख नगद चोरेको आरोपमा बाँकेको सितापुर नगरपालिका–३ घर भई हाल भैंसेपाटी बस्ने ३५ वर्षीयमोहन मगर भन्ने मोहन खत्री पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकाभित्र  विभिन्न अपाराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुको खोजि गर्ने क्रममा मगरलाई ८९ हजार नगद र २ वटा मोबाइलसहित नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका खत्रीलाई महानगरीय प्रहरी परिसर ललितपुर राखी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित : शुक्रबार, साउन २४, २०७६११:१२

नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ